You are viewing the translated version of गुनासो व्यवस्थापन.

Rule 16
गुनासो व्यवस्थापन
(१) ऐनको दफा ३५ को उपदफा (१) बमोजिम विदेशी लगानीकर्ता वा उद्योगबाट उद्योगको दर्ता, नियमन वा अनुगमन गर्ने अधिकारी वा एकल बिन्दु सेवा केन्द्रको कुनै अधिकारीले गरेको काम कारबाहीका सम्बन्धमा कुनै गुनासोको निवेदन प्राप्त भएमा महानिर्देशकले त्यस्तो: गुनासोको सम्बन्धमा गुनासोको प्रकृति अनुसार आफैले जाँचबुझ गर्न बा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न विभागको कुनै अधिकृतस्तरको कर्मचारीलाई आदेश दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा विभागबाट त्यस्तो गुनासो सम्बोधन गर्न सकिने भएमा सात दिनभित्र त्यस्तो गुनासो व्यवस्थापन गर्नु पर्नेछ। मन्त्रालय वा अन्य निकायबाट त्यस्तो गुनासो सम्बोधन गर्नुपर्ने देखिएमा मन्त्रालय वा सम्बन्धित निकायमा लेखी पठाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ।
(३) ऐनको दफा ३५ को उपदफा (३) बमोजिम विभाग वा एकल बिन्दु सेवा केन्द्रबाट भएको काम कारबाहीका सम्बन्धमा विदेशी लगानीकर्ता वा उद्योगबाट कुनै गुनासो प्राप्त भएमा मन्त्रालय आफैले त्यस्तो गुनासो सम्बोधन गर्नुपर्ने भएमा तीस दिनभित्र त्यस्तो गुनासो सम्बोधन गर्नु पर्नेछ। अन्य निकायबाट त्यस्तो गुनासोको सम्बोधन गर्नु पर्ने रहेछ भने मन्त्रालयले त्यस्तो गुनासो सम्बोधन गर्न सम्बन्धित निकायलाई लेखी पठाई सोको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।